कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्ममा विश्वभर १० लाख ५५५ कोरोना संक्रमितको ज्यान गएको हो।
सबभन्दा बढी संक्रमित रहेका अमेरिका मृतक संख्यामा पनि अगाडि रहेको छ। हालसम्म अमेरिकामा २ लाख ५ हजार बढीको मृत्यु भइसकेको छ। त्यस्तै ७१ लाख ४७ हजार ७५१ संक्रमित भइसकेका छन्। जसमध्ये २७ लाख ९५ हजार बराबर निको भएका छन्।
अमेरिकापछि ब्राजिलमा सबभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको छ। हालसम्म ब्राजिलमा १ लाख ४२ हजार ५८ संक्रमितको ज्यान गइसकेको हो। संक्रमित संख्याका आधारमा तेस्रो बढी ग्रसित रहेको ब्राजिलमा हालसम्म ४७ लाख ४५ हजार ४६४ संक्रमित भइसकेका छन्। निको हुने अनुपात भने अमेरिकामा भन्दा बढी रहेको छ। हालसम्म ब्राजिलमा ४१ लाख ९७ हजार ३७२ निको भइसकेका छन्।
यसैगरी भारतमा ९५ हजार ५४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। दोस्रो बढी संक्रमित संख्या रहेको भारतमा ५० लाख १७ हजार बराबर निको भइसकेका छन्।
भारतपछि मेक्सिको, बेलायत लगायतका मुलुकमा मृतक संख्या बढी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation