भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कूल संक्रमितको संख्या ८० लाख नजिक पुगेकाे छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार ८०३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ५०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० जना पुगेको छ ।
मन्त्रालयले भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म १० करोड ५४ लाख ८७ हजारको नमूना परीक्षण गरेको जनाएको छ । हिजो अर्थात अक्टोबर २७ का एकै दिनमा १० लाख ६६ हजार ७९६ जनाको नमूना परीक्षण गरेको जनाएको छ ।