काठमाण्डु ओर्लिए भारतीय सेनाध्यक्ष

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाण्डु अवतरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाण्डु अवतरण गरेका हुन् ।
नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेनाको विमानमार्फत काठमाण्डु आर्लिएको हो । नरावणे सोल्टी होटलमा बस्नेछन् ।आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation