कपिलवस्तु प्रशासनद्वारा देउसी भैलो खेल्न र विस्फोटजन्य पदार्थको प्रयोगमा रोक

कोरोना भाइरसको महामारी फैलन सक्ने जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले देउसी भैलो खेल्न र विस्फोटजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार ६ बुँदे निर्देशन जारी गर्दै देउसी भैलो जस्ता भीडभाडजन्य कार्यक्रम नगर्न र विस्फोटजन्य पदार्थको प्रयोग नगर्न आग्रह गरेको हो।

प्रजिअ दीर्घनारायण पौडेलले तिहार र छठ जस्ता चाडमा मानिसको आवागमन र भीडभाड बढी हुने भएकाले कोरोना फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरे। आफ्नो परिवारसंग सीमित रही चाडबाड मनाउनु पर्ने, जिल्ला भित्र कुनै भेला र महोत्सव नगर्न भनिएको छ। यस्तै आतिसबाजी पटाखा, झिरझिरे लगायतका विस्फोटजन्य पदार्थको बिक्री वितरण, प्रयोग र ओसारपोसारमा प्रतिबन्ध लगाइएको छ। भीडभाड हुने गरी कुनै किसिमको मूर्ति बिसर्जन नगर्न तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदन्ड पालना गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation