सैनामैनाको मुर्गियामा खुल्यो ‘मिराकल मार्ट’

उज्यालो पोष्ट, रुपन्देही ।
रुपन्देही जिल्ला सैनामैना नगरपालिकामा आज (आइतवार) मिराकल मार्टको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले परेवा उडाएर उद्घाटन गर्नुभएको छ । मुर्गिया चोक लुम्विनी रोड देखी करिव १०० मिटर दक्षिण बुद्ध चोकमा अवस्थीत मार्टको चार दिन सम्म शुभारम्भ समारोह रहने सञ्चालक दिपक अधिकारीले उज्यालो पोष्टलाई जानकारी गराउनु भयो ।

उपभोक्ताको आवश्यकता अनुसार वातानुकुलित वातावरणमा उपभोक्ताले दैनिक उपभोग्य सबै सामग्री किन्नका लागि अव उपभोक्तालाई बजार–बजार ‘धुलो धुवाँ खाँदै दिनभर पसलहरु जान नपर्ने र अन्य पसलहरुको तुलनामा सामानहरु सस्तो दरमा खरिद गर्न सक्ने उहाँले बताउनु भयो ।


मिराकल मार्टमा विशेष गरी सबै सामग्री, खाद्यान्ह, नेपाल तथा विदेशमा प्रचलित फलफुल तथा तरकारी, पहाडमा पाइने गेडागुडी, भाँडाकुँडा, कस्मेटिक, गिफ्टका सामानहरु, ड्रयागन फुड, हरियो स्याउ, स्वदेशी तथा विदेशी ब्राण्डका मदिरा लगाएतका सम्पुर्ण सामानहरु अव एकै स्थान (मिराकल मार्ट)मा पाइने सञ्चालक अधिकारीले जानकारी गरानुभयो ।
उद्धघाटन भएको दिनबाट नै ग्राहकको आकर्षण बढेको छ । पसलमा स्थानीय स्तरका ५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएको र पछिसम्म कम्तिामा पनि १० देखी १५ जना स्थानीयलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation