रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा लु।५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना।३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक परिचय नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation