रुपन्देहीमा मास्क र सामाजिक दुरी कायम गरी देउसी भैलो खेल्न पाइने

बुटवल । रुपन्देहीमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले धेरै भिड–भाड नगरी सामान्य रुपमा देउसी भैलो खेल्न दिने भएको हो । तर, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस बारेमा अहिलेसम्म कुनै औपचारीक निर्णय भने गरेको जनाएको छ।

गत वर्ष कोरोना महामारीका कारण जिल्ला प्रशासनले तिहारमा देउसी भैलो खेल्नका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सामान्य रुपमा धेरै भिडभाड नगरी देउसी–भैलो खेल्न दिने बताएका हुन् ।

‘अहिले पनि कोरोनाको जोखिम त कायम नै छ ।’पराम्परागत रुपमा मनाइने चाडपर्वहरु धेरै भिडभाड नगरी सामान्य रुपमा मनाउन दिने भनेर जिल्ला प्रशासनले यस अघि नै सूचना जारी गरी जानकारी गराएको छ ।’ देउसी भैलो खेल्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने पाण्डेले बताए । ‘ उनले भने ‘ मास्क मात्रै लगाएर हुँदैन भौतिक दूरीको समेत कायम राख्नु पर्ने हुन्छ ।’

दिउँसो देउसी–भैलो खेल्न दिने भए पनि रातको समयमा भने पूर्ण रुपमा प्रतिबन्ध गरिने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन् । जिल्ला प्रशासनले कति बजेसम्म देउसी भैलो खेल्न पाउने भनेर अब १÷२ दिनमा नै औपचारिक रुपमा नै निर्णय गर्ने पाण्डेले बताए । जिल्ला प्रशासनले धेरै पटका नपड्काउन सबैलाई नागरिकलाई आग्रह गरेको छ । ‘विगतका तिहारमा धेरै पटक पड्काउने र धेरै होहल्ला नगर्ने गरेका गुनासाहरु आउने गरेका थिए ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation