रुपन्देहीको कञ्चन गाउँपालिकामा काटेर राखेको धानको थुप्रोमा आगलागी

बुटवल । केही दिन अघिको बेमोसमी वर्षाका कारण रुपन्देही लगायत देशभरका किसानमा ठूलो क्षति भएको थियो । बेमौसमी वर्षाबाट जोगिएको एक किसानको धानको थुप्रोमा लागलागी भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका–१ मटेरीया का ४१ वर्षीय आकाश कुमार थारुको १ बिघा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा आगलागी भएको हो । धानमा आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धान पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation