बुटवलको सलाई उद्योगमा आगलागी

उज्यालो पोष्ट, सैनामैना ।

रुपन्देहीको बुटवलमा रहेको एक सलाई उद्योगमा आगलागी भएको छ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको हो। आगलागी नियन्त्रणको प्रयास जारी छ।

बुटवल,लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाबाट दमकल ल्याएर आगो निभाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (डिएसपी) सत्यनारायण थापाले बताए। आगलागीबाट भएको क्षति र अरु विवरण आउन भने बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation