प्रधानन्यायाधीशले आजै राजिनामा दिने

चाैतर्फि चर्काे आलोचना भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर आज दिउसो राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी विरुद्ध नाराजुलुस सहित अदालत प्रवेशमा अवरोध गरेका थिए ।
गजेन्द्र हमाल मन्त्री बनाईनुभन्दा अघिदेखि नै प्रधानन्यायाधीश जबराको नाम जोडेर मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आएको र त्यसमा पनि प्रधानन्यायाधीशले आफ्नो नातेदारलाई मन्त्री बनाउन थालेको भन्ने समाचारले उनी रुष्ट थिए । तत्कालीन प्रचण्ड र ओली नेतृत्वको नेकपा फुटाउने आदेश देखीनै आलोचना खेपेका प्रधानन्यायाधीश राणा अन्न्तत राजिनामा गर्ने मुडमा पुगेको स्रोतको दाबी छ ।

प्रधानन्यायाधीश जबराले आज कान्तिपुरका सम्पादक र सेतोपाटीका सम्पादकलाई राजिनामा बुझाउने स्रोतको दाबी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation