कपिलवस्तुमा प्रबिधीमैत्री क्वारेन्टाईन

कपिलवस्तु, १७ चैत
कोरोना भाइरसको संक्रमण रोक्न बनाईएका क्वारेन्टाईनमा बिरामी बस्न नमान्नु अहिलेको सबै भन्दा ठुलो चुनौती हो । भारत र बिदेशबाट भित्रिएका ठुलो संख्याका प्रवाशी मध्य धेरै क्यारेन्टाईनमा बस्नै मान्दैनन । धेरै आशंका गरिएका व्यक्ति कैदी सरह भएको भन्दै क्वारेन्टाईनमा बस्न झन्झट मान्छन । यिनै समस्याबाट निजात पाउन कपिलवस्तुको एउटा वडाले क्वारेन्टाईनमा बस्ने बिरामीका लागी प्रबिधीयुक्त क्वारेन्टाईन शुरु गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले वडाको आनन्दबाग स्थित रत्नराज्य माबिमा १५ शैयाको क्यारेन्टाईन तयार पारेको छ । तर क्यारेन्टाईनमा बस्ने बिरामीका लागी बिरामी भन्दा पनि सुबिधा सम्पन्न स्थानमा रहेका अनुभुती गराई क्वारेन्टाईनमा बस्ने अबधी सहज रुपमा बस्ने बातावरण निर्माण गरिएको छ । क्वारेन्टाईनमा प्रयाप्त सरसफाई युक्त बिस्तरा, झुल, टबेल, सरसफाईका सामाग्री, सफा पिउने पानी आवश्यकता अनुसारका खाना व्यवस्था गरिएको छ । क्वारेन्टाईनमा सुबिधा सम्पन्न बेड, सरसफाईका आवश्यककिय सामाग्री, स्वच्छ खानेपानी र खानाको व्यवस्थाले सुबिधा सम्पन्न होटल जस्तो अनुभुती गराउने बताईएको छ भने फ्रि वाईफाईको सेवा शुरु गरिएको छ । क्वारेन्टाईनमा तौलिहवा स्थित मार्स कम्प्युटरले निशुल्क ईन्टरनेट सेवा प्रवाह गरेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, प्रहरी उपरिक्षक दिप शम्सेर जवरा, शसस्त्र प्रहरी उपरिक्षक जनक पुरी, उप अनुसन्धान निर्देशक जयेन्द्र उपाध्यायको टोलीले स्थलगत अवलोकन गरेको छ । रत्नराज्य माबिको क्वारेन्टाईनमा दिईएको सेवा स्तरीय रहेको स्थानिय मोहम्मद जमा मुसलमानले बताए ।

कपिलवस्तु नगरपालिका वार्ड नं. १ रत्नराज्य माबिमा बनाइएको क्वारेन्टाईन व्यवस्थापन गर्दै कपिलवस्तु नगरपालिका वार्ड १ का वडा अध्यक्ष सुदिप पौडेल

सम्भवत नेपालमै पहिलो प्रबिधीमैत्री क्वारेन्टाईन सेवा सञ्चालन भएको अर्का स्थानिय ओमप्रकाश यादवले बताए । “आधुनिक प्रबिधीको युग छ । बिरामीका लागी बनाईएको क्वारेन्टाईन सेन्टरमा ईन्टरनेट सहितका सेवा दिईएको सम्भवत नेपालमै पहिलो हुनु पर्छ ।” यादवले भने । अन्य स्थानका क्वारेन्टाईनमा समेत बिरामीलाई मैत्रीपत व्यवहार गर्न आवश्यक बातावरण निर्माण आवश्यक रहको उनको सुझाव थियो । क्वारेन्टाईन जादाँ बिरामीले कारागार गएको अनुभुती गर्ने बातावरण अन्त्य गर्न सके सम्म सुबिधायुक्त बनाउन पहल गरिएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदिप पौडेलले बताए । प्रबिधिमैत्री १५ शैयाको क्वारेन्टाईन सञ्चालन गरिए पनि आवश्यकता अनुसारका शैया थप गरिने उनले प्रष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation