प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् । आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।
उक्त प्रस्ताव दर्ता भएपछि पहिलाे प्रतिकृया दिदै प्रधानन्यायाधीश जबराले भने–‘ म राजीनामा दिन्नँ । महाभियोग प्रस्ताव फेश गर्छु ।’
जबराले यसअघिदेखि नै आफूले संवैधानिक रुपमा नियुक्त भएकोले संवैधानिक तवरले हटाउन खोजे त्यसको सामना गर्ने बताएका थिए । राणाविरुद्ध नेपाल बार एशोसिएशनले पनि आन्दोलन गर्दै आएको छ । उसले आजबाट पूनः आन्दोलन चर्काउने भनेको छ ।