सैनामैनाको मुर्गियामा एमसीसीविरुद्ध विरोध सभा

अमेरिकी सहयोग अनुदान एमसीसीलाई लिएर रुपन्देहीको सैनामैनामा विरोध कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार सैनामैना वडा नम्बर ४, स्थित मुर्गियामा नेकपा (माओवादी केन्द्र) सैनामैना नगर समिति, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (विप्लव), क्रान्तिकारी माओवादी लगायत पार्टिले संयुक्त रुपमा एमसीसीको विरुद्धमा आन्दोलन गरेका छन् । एमसीसी देश र जनताको हितविपरीत भएको भन्दै अमेरिकी साम्राज्यवादलाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने, एमसिसि फिर्ता लैजानुपर्ने भन्दै आन्दोलनमा उतृयका छन् ।

सोही कार्यक्रममा बोल्दै माओवादी केन्द सैनामैना अध्यक्ष मान (नारायण)बहादुर महतले सहयोग गर्ने नाममा विभिन्न राष्ट्रघाती कदम चालिएको भन्दै यसबाट नेपाल र नेपालीको अस्तित्व मेटाउन खोजिएको आरोप लगाए । विभिन्न राष्ट्रघाती बुंदाहरु राखेर एमसीसी संसद्बाट पास गर्ने प्रयास भएकोले त्यो नेपालीको हितमा नभएको ठोकुवा समेत गरे ।

पछिल्लो समय केही तत्वले नेपाललाई युद्धको मैदान बनाउने योजना अनुरुप एमसीसी पास गर्न खोजिएको भन्दै यसकोविरुद्धमा माओवादी केन्द्रले सधै प्रतिवाद गर्ने र आन्दोलन चर्काउने उनले चेतावनी दिए । नेपालीले कुनै पनि मुल्य चुकाउन तयार छ तर एमसीसी पास हुने पक्षमा नभएको कुरा समेत अध्यक्ष महतले बताएका छन ।

कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी०सैनामैना नगर अध्यक्ष देवराज पौडेल, नेकपा क्रान्तिकारी प्रेम सुवेदी, नेकपा (बिप्लव) का नेता नाथु थारु(नबिन) जनमोर्चा जिल्जा सल्लाहाकार कृष्ण बम मल्ल लगायतले एमसीसी देशको राष्ट्रघाती सहयोग भएको भन्दै कुनै पनि हालतमा संसद्बाट पास गर्न नहुनेमा जोड दिए ।
माओवादी केन्द्रका युवा नेता दिपक अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation