![](https://ujyaalopost.com/wp-content/uploads/2022/02/IMG_9658-scaled.jpg)
रमेश गैरे
नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका कमिटिले आज सनिवार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी पार्टि प्रवेश , पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सहिद सप्ताहको आज पहिलो दिनको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरियको हो । तत्कालिन माओवादी जनयुद्धको क्रममा १४ बर्षिय दिल बहादुर रम्तेलको गोर्खामा तत्कालिन साहि सेनाले गोलिहानि हत्या गरेको थियो, उक्त दिनको सम्झनामा हरेक बर्ष माओवादी केन्द्रले रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा बिभिन्न पार्टि परित्याग गरि ९० भन्दा बढी नेता तथा कार्यक्रर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन, नवप्रवेसिलाई स्वागत गर्दै नेकपा(माओवादी केन्द्र) स्थायी कमिटि सदस्य तथा लुम्विनि प्रदेश ईन्चार्ज चक्रपाणी खनाल(बलदेव) ले राष्ट्रियता भन्दा ठुलो अरु कुनैपनि कुरा छैन भन्दै एम सि सि निसर्त दिनुपर्ने नभय फिता लैजानुपर्ने बताउनुभयो । जनयुद्धको उल्लेखित आदर्श आज प्राप्त भइनसकेपनि प्राप्तिको मजबुत आधार तयार भएका छन् । सामन्तवादी एकिकृत राज्यसत्ता विस्थापन भएको छ र त्यसको ठाउमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । वर्गीय, जातिय, क्षेत्रीय र लिङ्गीय सबैखाले उत्पीडन र बिभेद तथा पराधिनबाट मुक्त जनवादको अभ्यासको जिम्मा इतिहासले जनयुद्धका नायकहरुलाई नै दिएको बताएका छन् । अहिले आएर मााओवादी आन्दोलन टुटफुटले कमजोर देखियपनि आउदो चुनाबसम्म सबै माओवादी यक हुनेमा बिस्वास व्यक्त गर्नुभयो । स्थानिय चुनाबमा एमाले काङ्ग्रेससंग डटेर सामना गर्न तैयार भएको वताउनुभयो ।
यस्तै बिसिष्ट अतिथिको रुपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनि प्रदेश कमिटि सह–ईन्चार्ज हकिकुल्लाह खाँ ले माओवादी केन्द्रमा प्रवेशको लहर चलेको वताउदै सवै जनताले अव माओवादीलाई २०६४ को स्थानमा पु्यउने बताउनुभयो । यस्तै अतिथिकै रुपमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा लुम्विनि प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रि, रुपन्देही जिल्ला कमिटि संयोजक नारायण जिसि(निर्मल), प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं.५ ईन्चार्ज हिरा बहादुर रोका(अमर), प्रदेश कमिटि सदस्य तथा रुपन्देही क्षेत्र नं.५ सह–ईन्चार्ज भोला बस्याल, प्रदेश कमिटि सदस्य चन्द्र प्रकाश घर्ति, रुपन्देहि क्षेत्र नं.५ संयोजक हस्त बहादुर सावर, क्षेत्र नं.५ सचिव विक्रम यादव, प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिय ।
साथै कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा, कम्यूनिष्ट पार्टिमा लामो समय योगदान पुयाएका सम्पूणलाई सम्मानपत्र र खादा ओढाई सम्मान गरियको थियो । कार्याक्रमको अध्यक्षता गाउकमिटि अध्यक्ष पुष्पराज शर्माले गर्नुभएको थियो भने सञ्चालन गाउ कमिटि उपाध्यक्ष कुमारी घर्तिले गर्नुभएको थियो ।