राष्ट्रिय युवा संघ नेपाल सैनामैनाको अधिवेशन सम्पन्न, अध्यक्षमा गोपाल खड्का

उज्यालो पोष्ट, सैनामैना ।

राष्ट्रिय युवा संघ नेपाल, सैनामैना रुपन्देहीको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले गोपाल खड्काको नेतृत्वमा ४५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षहरुमा केशव पाण्डे, बादल चन्द्र ठकुरी, बन्दना न्यौपाने, राजु श्रेष्ठ, रोहित खनाल, सचिवमा सुमन घिमिरे, उपसचिवमा सागर अधिकारी, विमल चौधरी, शिव श्रेष्ठ र कोषाध्यक्षमा सर्मिला घर्ती रहनुभएको छ । सदस्यहरुमा जनक भण्डारी, नारायण भट्टराई, विन्दु गौतम, अर्जुन वेलवासे, सृजना पटेल विष्णु अर्याल, इश्वर पुन लगायत रहनुभएको निर्वाचन कमिटीले जनाएको छ ।

कार्यक्रम नेकपा एमाले पोलिटब्युरो सदस्य लुम्बिनी प्रदेश सह—इञ्चार्ज तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यता, एमाले केन्द्रिय सदस्य एव् प्रदेश सभा सदस्य भुमिश्वर ढकालको विशिष्ठ आतिथ्यता तथा नेकपा एमाले जिल्ला उपसचिव तथा सैनामैना नगरप्रमुख चित्रबहादुर कार्की, प्रदेश सभा सदस्य कमला विश्वकर्माको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेकपा एमालेका नेता नर बहादुर घर्ती , खुसिराम चौधरी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय आयोजक कमिटी सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज केशव रोक्का, एमाले सैनामैना नगर कमिटी इन्चार्ज मिन प्रसाद पौडेल , एमाले जिल्ला सदस्य तथा युवा इन्चार्ज नकुल शाही ,राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष मनोज गौचन, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय आयोजक कमिटी सदस्य कल्पना पाण्डे मगर, दिननाथ भट्टराई लगाएतको सहभागित रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल सैनामैनाका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विकास जंग बस्नेतले गर्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation