रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढिमा संचालित लुम्बिनी तिनाउ पुस्तकालय तथा स्रोत केन्द्र ले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८ को अवसरमा ू सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
, कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले, ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै उहाँले महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मान गर्नुपर्ने भनाइ राख्दै अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आजको दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रूपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न महिला हरुमा प्रेरणा मिलोस् भन्दै लुम्बिनी तिनाउ पुस्तकालय को सफलता को लागि कामना भनाइ राख्नु भएको थियोे । लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ले आयोजना गरेको कार्यक्रममा ९ जना छात्रा सहभागी रहेको र प्रथम स् मिना पौडेल दृतिय स् प्रतीक्षा पौडेल तृतीय स् समिक्षा शेर्पाली रहेको बताइएको छ उक्त कार्यक्रममा निर्णायक भुमिका कमल राना , माया ज्ञवाली र रिम ब। श्रेष्ठ ले गर्नु भएको थियोे कार्यक्रममा कार्यक्रम को अध्यक्षता लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारी अध्यक्षता अतिथि कमल राना लगाएतले महिलाको हक हितको लागि महिला नै जागरुक हुनुपर्ने र कसैले कसलाई भेतभाव गर्न नहुने भनाइ राख्नु भएको थियो ।
, कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी तिनाउ पुस्तकालय कि वरिष्ठ उपाध्यक्ष माया ज्ञवालिले सम्पूर्ण लाई स्वागत गर्दै महिलाको हक हित को लागि महिला नै अग्रसर हुनुपर्ने भनाइ राख्नु भएको थियोे कार्यक्रम संचालक लुम्बिनी तिनाउ पुस्तकालय कि प्रमुख कल्पना कंडेलले गर्नु भएको थियो ।