मञ्जुश्री असाहाय केन्द्र बुटबल शाखाले मनायो ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ मञ्जुश्री असाहाय केन्द्र बुटबल शाखाले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुटवलको अपाङ आश्रममा बिभिन्न परिकारका खाना खुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमामा प्रमुख अतिथिको रुपमा मञ्जुश्री असाहाय केन्द्र लुम्वीनि प्रदेश संयोजक शान्ति बरालले समाजमा हुने महिला हक अधिकार सुनिस्चित गर्न महिला र पुरुष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। महिलाको समस्यालाई पुरुषले आफ्नै समस्या मान्दै समस्याको हाल गर्न एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। श्रमिक महिलाको साहस, हिम्मत, मेहनत र लगाव प्रति आफु सधै सहयोगको लागि प्रतिबद्ध रहेको बताउनुभयो। श्रमिक महिलाको मनोभावना र जिबन भोगाई अनुभवले आफुलाई भावुक बनाएको भन्दै समान ज्याला र समान अवसर प्राप्तिका लागि महिला अग्रसर हुनुपर्ने र काम लगाउने संस्थाले समेत यसप्रति जिम्मेबार भएर लाग्नुपर्ने बताए। महिलाको हक अधिकार सुनिस्चित गर्न आधा आकाश ओगटेका महिलालाई अवसर र समानतामा अघि बढाउन सबैको प्रयास आवश्यक रहेको भन्दै सबै राजनीतिक पार्टी तथा समाजका संघ संगठनले महिलाको अधिकार, उनीहरुको सामान्य अवस्थादेखि प्रगतिको पथमा लम्काउन सबैको प्रयास आवश्यक रहेको बताए।

महिलाले आफ्नो सिप दक्षता र अनुभवले सबैको मन जित्न सकिने बताउदै परिवारको पालनपोशणमा समेत महिलाले पुरुष जत्तिकै मेहनत र परिश्रमगरि अघि बढेको बताए।
मञ्जुश्री असाहाय केन्द्र बुटवल साखाकी अध्यक्ष कुसुम पौडेलको अध्यक्षतामा भयको कार्यक्रमको सञ्चालन साखाकि सचिव अमृता पौडेलले गर्नुभयको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation