माओवादी केन्द्र सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने

नेकपा (माओवादी केन्द्र) सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने भएको छ ।
स्थानिय चुनाव नजिकिदै गर्दा आफ्ना दल बल सहित पार्टि कार्यलय उद्धघाटन गर्ने लहड नै चलिरहेको बेला माओवादी केन्द्र सैनामैनाले भोलि सनिवार मुर्गियाको कालिका चोकमा रहेको एक घरमा आफ्नो पार्टि कार्यलय उद्धघाटन गर्ने जनायको छ । भोलिको कार्यक्रको योजना वारे अगुवा कार्यकर्तालाई निर्देशन दिदै अध्यक्ष महत्तले भने माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस, एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले माओवादी केन्द्रले नै सैनामैनाको स्थानिय तह हत्याउने वतायका छन।
यसै बिच माओवादी केन्द्र सहायक संगठन योङ कम्यूनिष्ट लिग (वाइसिएल ) सैनामैनाको प्रथम नगर सम्मेलन यसै कार्यक्रमको बिच हुने वाई सि एल संयोजक गोबिन्द खरेलले बताउनुभएको छ । बिहान ११ वजे मुर्गिया चोक वाट ¥यालि सहित बजार परिक्रमा गरि भव्यताका साथ हुने जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation