वाईसिएल( y.c.l) सैनामैनाको प्रथम नगर सम्मेलन सम्पन्न

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल सैनामैनाको प्रथम नगर सम्मेलन भव्यताका साथ सम्पन्न भयको छ ।
आज सनिवार भएको नगर सम्मेलनमा प्रमुख अतिथिको रुपमा वाइसिएल नेपालका केन्द्रय अध्यक्ष सुमन देवकोटाले अहिले देश माओवादीको एजेन्डामा चलिरहेको र परिवर्तनको सम्वाहकको रुपमा माओवादी रहेकोले अव आउने चुनाव माओवादीको पक्षमा हुने भन्दै सम्पूर्ण युवा माओवादीमा आकर्षण बढेको वताउदै लामबद्ध हुन आग्रह गर्नुभयो । यस्तै बिशिष्ट अतिथिको रुपमा वोल्दै पुर्व मन्त्री तथा लम्बिनि प्रदेश सभा सदस्य सुदर्शन वरालले वदलिदो परिस्थितिमा माओवादी केन्द्रकै एजेण्डा स्थापित हुदै गैरहेको अवस्थामा अव युवाहरुको काधमा माओवादीलाइ स्थापित गर्ने जिम्बेवारी आईपुगेको वताउनुभयो ।
यस्तै कार्यक्रमा वाइसिएल नेपाल लुम्बिनि प्रदेश ईन्चार्ज केहर सिंह कुवंर, लुम्बिनि प्रदेश संयोजक जितेन्द्र पुन, वाइसिएल पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य सुजित विक, वाइसिएल प्रदेश सह संयोजक माधव वस्नेत लगायतले आ– आफ्नो धरणा राखेका थिय ।
माओवादी केन्द्र लुम्बिनि प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं. ५, इन्चार्ज अमर रोका, प्रदेश कमिटि सदस्य भोला वस्याल, हस्त बहादुर सावर, दिपिका शर्मा, हुमनाथ न्यौपाने, सैनामैना नगर इन्चार्ज राम बहादुर कुवंर, सैनामैना नगर अध्यक्ष मान बहादुर महत्त, सचिव दिपक भण्डारी, तेजनारायण सुवेदी, राजेन्द्र घिमिरे, दिपक पछाई, कामना रोका, रोमनाथ न्यौपाने केशव कुवर लगायतको उपस्थीति रहेको थियो ।
आजको भव्य कार्यक्रमा नेकपा माओवादी केन्द्रमा बिभिन्न पार्टि परित्याग करिव ७० जना पार्टिमा समाहित भएका छन ।
आज भएको नगर सम्मेलनमा शान्ती बरालको नेतृत्वमा ४१ सदस्सीय नगर कमिटि चयन भएको छ । वाइसिएल सैनामैनाको निवर्तमान अध्यक्ष गोविन्द खरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिपक अधिकारीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation