खुट्टाको अप्रेसन गर्ने क्रममा बिरामीको मृत्युु भयपछि तिनाउ अस्पतालमा तनाव

बुटवल चैत २ ।अप्रेसन गर्ने क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले बुटवलको तिनाउ इन्टरनेसनल अस्पताल घेराउ तथा नाराबाजी गरेका छन्।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षिय ताराप्रसाद चौधरीको खुट्टाको अप्रेसन गर्ने क्रममा मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पतालमा घेराउ तथा नाराबाजी गरेका हुन्।

चौधरीको देब्रे खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएपछि उनका आफन्तले घटनाको छानवीन,दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । उनिहरुले माग पूरा नभएसम्म शब नबुझ्ने समेत अडान लिएका छन्।

आफन्तका अनुसार सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो।

ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका थियाे। आफन्तका अनुसार ३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट सिधै आईसीयूमा लगिएको मृतकका आफन्त हेमलाल चाैधरीले बताए।

४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएपछि ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए।

घटनाबारे अस्पताल प्रशासनसंग सम्पर्क गर्ने पटक पटककाे प्रयत्न सफल भएन। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले अस्पताल बिवाद भएकाे सुचना आएपछि सुरक्षाकर्मी खटाईएकाे बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation