रुपन्देहीको सैनामैना नगरपालिकाका घरवार बिहिन दूइ बालवालिकालाइ घर निर्माण

रुपन्देहीको सैनामैना नगरपालिका  दुई बालबालिकालाई घर हस्तान्तरण गरिएको छ ।

लामो समयदेखि खरको छानो सहितको झुपडीमा बस्दै आएका दुई विपन्न तथा असहाय बालबालिकालाई सोही स्थानमा नै नयाँ घर निर्माण गरेर सोमवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

सैनामैना दलित उत्थान समिति को विशेष पहल तथा विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण गरिएको घर सोमवार ५७ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा हस्तान्तरण गरिएको हो ।

सोमवार सैनामैना ९ जनज्योती टोलको शान्तिचोक निवासी १२ वर्षिय मनिसा बि।क र ९ वर्षिय मोहित बि।क। लाई उक्त घर हस्तान्तरण गरिएको हो ।
बालबालिकालाई घर हस्तान्तरण गर्दै नेकपा (माओवादी केन्द्र) सैनामैनाका अध्यक्ष नारायण महत्तले कमजोर आर्थिक अवस्थाका कारण घर निर्माण गर्न समस्या भएको जानकारी पाएपछि घर बनाउन सबैले सहयोग गरेको बताउनु भयो । उहाँले स्थानिय सरकार नजिकै भएपनि विपन्न वर्गहरुको घाउमा मल्हम लगाउन भने नसकेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलन गर्नको लागि सबैजना मिलेर लाग्नुपर्ने बताउनुभयो ।
राष्ट्र निर्माणको लागि योगदान दिने दलित समुदायलाई पछिल्लो समय दुव्र्यवहार गर्ने गरेको प्रति उहाँले दुःख समेत व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै सैनामैना वडा नं। ९ का अध्यक्ष डोलराज भण्डारीले दलित र विपन्न परिवारको दुःखको साथी बनेको दलित उत्थान समितिलाई धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा सैनामैना दलित उत्थान समितिकी अध्यक्ष अम्बिका परियारले बोल्दै नगरपालिका भित्र हुने जातिय विभेदलाई जरैबाट उन्मूलन गर्नुपर्ने बताउनुभयो ।

जसरी काला जाति र गोरा जाति भन्दै गरिने विभेदलाई दक्षिण अफ्रिकामा अन्त्य गरियो त्यसरी नै नेपालमा जातिय आधारमा गरिने विभेद अन्त्य गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।
साथै उहाँले दलित समुदायका बालबालिकालाई समाजले हेर्ने दृष्टिकोण अझै पनि फरक रहेकोमा गुनासो गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सैनामैना दलित उत्थान समिति सैनामैना ९ का अध्यक्ष भिमबहादुर सार्कीले घर निर्माणका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै दलित उत्थान समितिले दलितको हक हितको लागि लड्ने बताउनुभयो ।

टिनको छानो सहितको दुई कोठाको घर बनाउँदा सम्म १ लाख ९ हजार २ सय ५० रुपैया खर्च भईसकेको छ भने विजुली बत्ति, पानी र शौचालय निर्माणको काम भने अझै बाँकी रहेको छ । कार्यक्रमकै अवसरमा पनि धेरै मानिसहरुले नगद तथा खाद्यान्न सहयोग गरेका थिए ।

५३ औँ अन्तर्राष्ट्रिय जाति विभेद तथा घर हस्तान्तरण तथा असहाय बालकबालिकाका लागि घर हस्तान्तरण कार्यक्रममा सैनामैना दलित उत्थान समितिका प्रतिनिधिहरुले बोल्नुभएको थियो भने यो अभियानका अभियान्ता केशव विश्वकर्मा बिषेश पहलमा निमार्ण सम्पन्न भएको कार्यक्रमको सञ्चालन सैनामैना दलित उत्थान समिति सैनामैना रामु विश्वकर्माले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation