![](https://ujyaalopost.com/wp-content/uploads/2022/03/emale-kendriya-kamiti-baithak.jpg)
कम्युनिष्ट पार्टीमा बैठक र छलफल व्यवस्थित हुन्छ भनिन्छ । न्याय र समानताका पक्षधर भनिने उनीहरुले आफ्नो लक्ष्य प्राप्तिका लागि खास नियम र विधि बनाएका हुन्छन् । पार्टी सदस्यहरुलाई कडा अनुशासनमा बाँधेर राखिएको हुन्छ । यसलाई कम्युनिष्टहरुले फलामे अनुशासन भन्ने गरेका छन् ।
तर,पछिल्लो समय नेपालमा सबैभन्दा बढी व्यक्तिवादी र सांगठानिक अराजकता कम्युनिष्ट पार्टीमै देखिन्छ । देशकै सबैभन्दा ठूलो र आफूलाई कम्युनिष्ट आन्दोलनको मूल प्रवाह दाबी गर्ने नेकपा एमालेमा मौलाएको सांगठनिक अराजकता हिजोको केन्द्रीय कमिटी बैठकमा छरपष्ट भएको छ ।
बबरमहलस्थिति कार्की ब्याँक्वेटमा चुनावी रणनीति बनाउन बसेको केन्द्रीय कमिटी बैठकमा न नेताहरुमा कम्युनिष्ट आचरण देखियो न फलामे अनुशासन । मञ्चबाट अध्यक्षले एउटा फरमान जारी गर्ने र तल बसेका सदस्यहरु हाँसेर ताली बजाउनेबाहेक त्यहाँ दोहोरो बहस नै नभएको एक जना केन्द्रीय सदस्यले बताए । उनका अनुसार केन्द्रीय सदस्यहरुलाई बैठकमा बोल्नसमेत दिइएन । प्रदेशका अध्यक्षहरुले भने अध्यक्षको रुचीअनुरुपकै रिपोर्टिंग गरेका थिए ।
बैठकमा न्यूनतम अनुशासन पनि पालन नभएको भन्दै उनले थपे, ‘मन लागे भित्र बस्ने नलागे बाहिर निस्कने,मोबाइल चलाएर बस्ने, माथिबाट नेताले आदेश गर्ने र अरु खुरुखुरु सुन्नेबाहेक केही भएन । बैठक सन्चालनमा पनि कम्युनिष्ट विधि र शैली देखिएन ।’
‘उनलाई बैठकमा के विषयमा छलफल हुँदैछ भन्ने कुराको कुनै मतलब नै थिएन । हलमा घरि यता घरि उता हिंडिरहेका थिए’, अर्का एक सदस्यले दिक्क मान्दै भने, ‘हलमा छिरेर अगाडिदेखि पछाडिसम्म हेर्दै हिँडेका थिए । कहिले आफ्ना सहयोगी ९झोले०लाई चस्मा ल्याउन अराउँथे त कहिले के भन्दै कराउँथे ।’
हलभित्रको भद्रगोल अवस्था देखेर दिक्क बनेका सहभागी ती नेताका अनुसार बैठकमा आउनुअघि न कुनै एजेण्डा प्रस्तुत गरियो,न सदस्यहरुलाई छलफल नै गराइयो । अगाडि मन्चमा अध्यक्ष ओलीले ठट्यौली शैलीमा अनौपचारिक भाषामा भाषण गर्ने र तल बसेकाहरुले चुपचाप सुनेर ताली बजाउने काम मात्रै भएको उनले सुनाए । ‘हामीहरु त सप्ताह सुन्न बसेका भक्तालुजस्तै बनेका थियौँ’, आफ्नै पार्टीको बैठकप्रति कटाक्ष गर्दै उनले भने ।
कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक पार्टी प्यालेसको बिहे भोजजस्तो देखिएको थियो । हलबाट निस्कने र भित्र आउनेहरुको लस्कर सरोबर देखिन्थ्यो । हलमै बसेकाहरु पनि अधिकांश मोबाइल चलाउनमा व्यस्त थिए भने कतिपय बाहिर घाम ताप्दै गफमा मस्त थिए । हलको यस्तो हालत देखेर मन्चबाट अध्यक्ष ओलीले पटक(पटक मोबाइल नचलाउन र गफ नगर्न निर्देशन दिनुपरेको ती सदस्यले बताए ।
अध्यक्ष ओलीलाई हजुरबा भनेर मन जितेवापत एकैचोटी केन्द्रीय सदस्य बनाइएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सी बैठकको अर्को रमाइलो पक्ष थिए । सुरक्षाकर्मी र सहयोगीसहित बैठकमा पुगेका उनको पटक(पटक सांसद मन्त्री भैसकेका पुराना नेताहरुको भन्दा ठूलो शान थियो । सुरक्षाकर्मी र झोला बोक्ने मान्छे अघिपछि लगाएर मार्सी बैठक हलमा ओहोरदोहोर गरिरहँदा केही खासखुस गरिरहेका थिए भने केही ट्वाल्ल परेर हेरिरहेका देखिन्थे ।
‘उनलाई बैठकमा के विषयमा छलफल हुँदैछ भन्ने कुराको कुनै मतलब नै थिएन । हलमा घरि यता घरि उता हिंडिरहेका थिए’, अर्का एक सदस्यले दिक्क मान्दै भने, ‘हलमा छिरेर अगाडिदेखि पछाडिसम्म हेर्दै हिँडेका थिए । कहिले आफ्ना सहयोगी ९झोले०लाई चस्मा ल्याउन अराउँथे त कहिले के भन्दै कराउँथे ।’
तल हलमा सदस्यहरुलाई बैठकको कुनै पर्वाह नहुँदा माथि मञ्चमा अध्यक्ष ओली चैं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफ्नै पार्टीका नेता घनश्याम भुसालमाथि खनिंदै हुनुहुन्थ्यो । ओलीले आफ्नो सम्बोधनको आधा समय प्रचण्ड(माधव र आधा समय घनश्यामलाई गाली गरेरै सकेको सहभागी ती केन्द्रीय सदस्यले बताए ।
एमालेले प्रतिनिधिसभा विघटनलाई ठीक भन्दा प्रणालीको पक्षमा उभिएको ठहर नहुने भुसालको तर्कलाई ओलीले कडा काउन्टर दिनुभएको हो । उहाँले एमालेविरुध्द प्रचण्डको षड्यन्त्र रोक्न संसद विघटन गर्नुपरेको बताउँदा तल बस्नेहरुले मज्जा लिएका थिए ।
‘केन्द्रीय कमिटी सदस्यहरु बोल्ने, आफ्ना धारणा राख्ने कार्यसूची बैठकमा थिएन । बाले जे भन्नुभयो त्यसैमा ताली बजाउनुबाहेक हाम्रो भूमिका के हुन्छ र रु’, तिनै नेता भन्छन् । त्यसो त,मन्चमै बसेका आधा दर्जन उपाध्यक्षहरु पनि ‘गरुडको छाँयामा परेको सर्प’ झैँ थिए । ओली,ईश्वर पोखरेल र प्रदीप ज्ञवालीबाहेकले कसैले पनि बोल्न पाएनन् ।
बैठकको सिनारियो बताउँदै ती नेता भन्छन्, ‘कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको बैठक भेडीगोठ जस्तै थियो । यस्तो त बुर्जुवा पार्टीमा पनि हुँदैन होला ।’