![](https://ujyaalopost.com/wp-content/uploads/2022/03/IMG_0587-scaled.jpg)
नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले चुनावि सरगर्मि बढेसंगै धमाधम पार्टि कार्यलय उद्घाटन गरेको छ ।
आज एक भव्य समारोहको आयोजना गरी सैनामैनाको वडा न.ं ५ को वडा पार्टि कार्यलय उद्घाटन गरेको छ । उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा लुम्बिनि प्रद्श कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं. ५ सह–इन्चार्ज भोलानाथ बस्यालले माओवादीले आम सोषीत पिडित जनताको मुक्तीका लागि जिवनको आहुति दिएको तर काङग्रेस, एमालेले गणतन्त्रमा मस्ती गरिरहेको बताए । आउने चुनावमा जनताले माओवादिलाइनै जिताउने ठोकुवा गर्दै जनतामा रहेको भ्रम चिर्नूपर्ने बताए । माओवादी आन्दोलनले आम जनतालाइ बोल्न पाउने अधिकार दिएको भन्दै, कपडा सिलाउदै गरेका साइलादाइ मन्त्री बने, कमलरी हुदै गरेकी शान्ता चौधरी जस्ता सयौ मूक्त भए यी सबै कुरा एमालेलाइ मन परेन परिवर्तनको एजेण्डा काङग्रेसलाइ मन परेन त्यसैले इनिहरु प्राप्त उपलब्धी स्थागत गर्न हिचकिचाइ रहेका छन् भन्दै माओवादीलाइ जिताउन अपिल गरे ।
यस्तै प्रदेस कमिटि सदस्य दिपिका अर्यालले महिला अधिकार सुनिश्चीतताका लागि माओवादी आन्दोलन कोषेढुङ्गा भएको बताउदै आगामि निर्वाचनमा माओवादी केन्द्र सैनामैना पहिलो हुने बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्र क्षेत्र नं. ५ (क) ईन्चार्ज दोर्ण जिसिले जनयुद्धले प्राप्त गरेको उपलब्धी स्थागत गर्ने बेला गणतन्त्रको चाबि एमाले, काङ्गेसको हातमा पुगेकाले आउदो चुनाबमा जनताले माओवादीमा भोट दिने सल्लाह गरीसकेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सैनामैना अध्यक्ष तथा मेयरमा उमेद्धारसमेत रहेका मान बहादुर महत्त(नारायण) ले आगामि निर्वाचनमा आफुहरुलाइ जनताले जिताउने वताउदै स्थानिय तहको कर दुरुपयोग नगरि सरकारी यातायात प्रयोग नगर्ने भन्दै सरकारी सेवा सुबिधा नलिने घोषणा गर्नुभयो । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैनाका उपाध्यक्ष राजेन्द्र घिमिरेले विकासका योजनामा यो पाच वर्षमा जनतामा प्रत्यक्ष लाभ हुने गरि काम नभएको जनताका आधारभुत आवस्यकतामा ध्यान नपुर्याको भन्दै आउदो चुनावमा माओवादीलाइ जनताले भोट दिने वतायनुभयो ।
कार्यक्रममा माओवादी केन्द्र सैनामैना वडा नं. ५ अध्यक्ष राम प्रसाद भुषलले अध्यक्षता गर्दै भने माओवादी केन्द्रले नै स्थानिय चुनावमा जित्ने र जनअपेक्षा अनुसार काम गरेर देखाइदिने वताउनुभयो । देशमा माओवादीलाइ दिएको भोट खेराजान नदिने ठोकुवा गरे ।
सैनामैना वडा नं ५ का वडा अध्यक्ष राम प्रसाद भुषलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा स–सचिव लाल बहाहुर नेपालीले गर्नुभयको थियो भने वडा उपाध्यक्ष लक्ष्मी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।