वडा नं.३ को पार्टि कार्यालय उद्धघाटनमा बोल्दै, मेयर जिताए सरकारी गाडी नचढ्ने–महत

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैना वडा न.ं ३ ले आज एक औपचारीक कार्यक्रम गर्दे पार्टि कार्यलयको उद्धघाटन गरेको छ ।

उद्धघाटन समारोहमा वोल्दै प्रमुख अतिथि लुम्बिनि प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं. ५ सह–इन्चार्ज भोलानाथ बस्यालले माओवादीले आम शोसित पिडित जनताको मुक्तीका लागि जिवनको आहुति दिएको तर काङग्रेस, एमालेले गणतन्त्रमा मस्ती गरिरहेको बताए । आउने चुनावमा जनताले माओवादिलाइनै जिताउने ठोकुवा गर्दै जनतामा रहेको भ्रम चिर्नूपर्ने बताए । माओवादी आन्दोलनले आम जनतालाइ बोल्न पाउने अधिकार दिएको भन्दै, कपडा सिलाउदै गरेका साइलादाइ मन्त्री बने, कमलरी हुदै गरेकी शान्ता चौधरी जस्ता सयौ मूक्त भए यी सबै कुरा एमालेलाइ मन परेन परिवर्तनको एजेण्डा काङग्रेसलाइ मन परेन त्यसैले इनिहरु प्राप्त उपलब्धी स्थागत गर्न हिचकिचाइ रहेका छन् भन्दै माओवादीलाइ जिताउन अपिल गरे ।


कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सैनामैना अध्यक्ष तथा मेयरमा उमेद्धारसमेत रहेका मान बहादुर महत्त(नारायण) ले आगामि निर्वाचनमा आफुहरुलाइ जनताले जिताउने वताउदै स्थानिय तहको कर दुरुपयोग नगरि सरकारी यातायात प्रयोग नगर्ने भन्दै सरकारी सेवा सुबिधा नलिने घोषणा गर्नुभयो । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र सैनामैना वडा न.ं ३ का अध्यक्ष जीत बहादुर भण्डारीले विकासका योजनामा यो पाच वर्षमा जनतामा प्रत्यक्ष लाभ हुने गरि काम नभएको जनताका आधारभुत आवस्यकतामा ध्यान नपुर्याको भन्दै आउदो चुनावमा माओवादीलाइ जनताले भोट दिने वताउनुभयो ।

सैनामैना वडा नं ३ का अध्यक्ष जीतबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वाइसिएल नगर अध्यक्ष शान्ता बराल, गोविन्द खरेल, दिपक अधिकारी, सहिद परिवारको तर्फबाट सरिता पौडेलको आतिथ्यता रेहको कार्यक्रमको सञ्चालन नगर सचिव दिपक भण्डारीले गर्नुभएको थियो भने वडा इन्चार्ज बासुदेव पन्थको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation