नेकपा निर्वाचनमा नजाने विप्लवको भनाई : बैठक भोलि सकिने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निर्वाचनमा नजाने निर्णय गरेको छ । नेकपाले अब जनमतसंग्रहको मागलाई जोडदार उठाएर जाने महासचिव विप्लवले घोषणा गरेका छन । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा ९ दिन अगाडी शुरु भएको १२ औँ पूर्ण बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले धारणा राख्ने क्रम सकिएपछि विहिबार देखी अवरुद्ध भएको बैठक आज बिहान देखि सचिवालय र दिउँसो २ बजे देखि केन्द्रिय समितीको बैठक बसेको थियो ।

सन्निकट रहेको स्थानीय निर्वाचन उपयोग गर्ने /नगर्ने विषयमा पार्टीभित्रै महासचिव विप्लवको प्रस्तावमा अत्यन्तै कम केन्द्रिय सदस्यहरुको समर्थन भएपछि रोकिएको बैठक आज सुचारु भएको थियो ।
प्रवक्ता प्रकाणडले स्थानीय चुनाव उपयोगको नीतिबाट ताउता जानै नसक्ने भन्दैधारणा बाहिरै सार्वजनिक गरेतापनी अन्ततः प्रस्ताव फिर्ता गर्न बाध्य भएकाछन ।

निर्वाचना जाने निर्णय सहित बैठक जसरी पनि आजै सक्ने मुडमा प्रकाण्ड रहेता पनि केन्द्रिय समितिले उल्टाइदिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation