नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका वडा कमिटिले हिजो मंगलबार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी चुनाव प्रचार–प्रसारका लागि पार्टि कार्यालय उद्धघाटन गरेको छ ।
चुनाव नजिकिय संगै माओवादी केन्द्रले आफ्ना उमेद्धवारको नाम सार्वजनिक गर्दै पार्टि कार्यालय उद्धघाटन गरेको हो । उद्धघाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्दी्रय सदस्य तथा लुम्बिनि प्रदेस योजना आयोका उपाध्यक्ष समेत रहेका वामदेव क्षेत्रीले राष्ट्रियता भन्दा ठुलो अरु कुनैपनि कुरा छैन भन्दै माआवादी केन्द्रले नै राष्ट्यिता वचाउने भन्दै अव देसभक्त शक्ति एक हुनुपर्ने वेला आएको भन्दै ५ नं वडामा हिरा बहादुर रोका(अमर) लाइ जितानु पर्ने । जनयुद्धको उल्लेखित आदर्श आज प्राप्त भइनसकेपनि प्राप्तिको मजबुत आधार तयार भएका छन् । सामन्तवादी एकिकृत राज्यसत्ता विस्थापन भएको छ र त्यसको ठाउमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । वर्गीय, जातिय, क्षेत्रीय र लिङ्गीय सबैखाले उत्पीडन र बिभेद तथा पराधिनबाट मुक्त जनवादको अभ्यासको जिम्मा इतिहासले जनयुद्धका नायकहरुलाई नै दिएको बताएका छन् । अहिले आएर मााओवादी आन्दोलन टुटफुटले कमजोर देखियपनि आउदो चुनाबसम्म सबै माओवादी यक हुनेमा बिस्वास व्यक्त गर्नुभयो । स्थानिय चुनाबमा एमाले काङ्ग्रेससंग डटेर सामना गर्न तैयार भएको वताउनुभयो ।
यक अर्को प्रसङमा सुकुम्वासि समस्याको लागि गाउपालिकाले समयमै काम अघि नवढायकाले अहिले सुकुम्वासिको समस्या समाधान नभएको वताउदै गाउपालिकालाई सचेत गराउनुपर्ने वताउनुभयो । माओवादी केन्द्रमा प्रवेशको लहर चलेको वताउदै सवै जनताले अव माओवादीलाई २०६४ को स्थानमा पु्यउने बताउनुभयो । प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं.५ ईन्चार्ज हिरा बहादुर रोका(अमर) ले आफु आफ्नै ओडामा उठ्ने भन्दै सबैले आ–आफ्नो ठाउवाट सहयोग गर्नुपर्ने वताउदै जेष्ठ नागरिको हकमा यातायातको निसुल्क व्यवस्था गर्ने वताउनुभयो । समाजवादको आधार जेष्ठनागरिको यातायातमा निसुल्क अधिकार भन्ने नारानै वनई काम गर्ने वताउनुभयो । यसै अवसरमा वडामा रहेका सवै जेष्ठ नारिकला सम्मान गरियको थियो ।
कार्याक्रमको अध्यक्षता रुक वहादुर पुलामिले गर्नुभएको थियो भने स्वागत मन्तव्य कुमारी बजैले गनुभएको थियो सञ्चालन पुष्पराज शर्माले गर्नुभएको थियो ।