
स्थानीय तह निर्वाचनको मिति एक महिना मात्र बाँकी रहँदासम्म प्रमुख राजनीतिक दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
चुनावी अभियानमा होमिइसकेका एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी पार्टी ९जसपा०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
सरकाको नेतृत्व गरेको दल नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर बैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले चैत मसान्तसम्ममा घोषणापत्र तयारीको काम सकिने र ११ वैशाखमा सार्वजनिक गरिने बताए । उनका अनुसार अहिले महामन्त्री गगनकुमार थापा नेतृत्वको घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरिरहेको छ ।
एमालेले भने कांग्रेसले भन्दा दुई दिनअघि वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुर्याएको छ ।
एकीकृत समाजवादीले पनि घोषणापत्र तयारी गरिरहेको उपाध्यक्ष घनेन्द्र बस्नेतले बताएका छन् । मनोनयन अगाडि नै घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ । जसपा, राप्रपा, नेमकिपालगायत दलले पनि तयारीको क्रममा रहेकाले घोषणापत्र केही दिनमा सार्वजनिक गर्ने जनाएका छन् ।
माओवादी केन्द्रले भने यसअघि नै प्रतिवद्धतापत्रसहितको अपिल सार्वजनिक गरिसकेको छ । तर, माओवादीले छुट्टै घोषणापत्र ल्याउने या त्यसैलाई लिएर जनतामा जाने भनिसकेको छैन ।