सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation