काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज ७३औं स्थापना दिवस मनाउँदै छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको हो।
नेकपा माओवादी केन्द्रले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
जहानियाँ राणा शासनको समयमा २००७ सालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
२०४६ को जनआन्दोलनपछि नेपाल कम्युनिष्ट पार्टीले जनतामा बलियो छाप पारेको थियो । तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्धको नेतृत्व गर्दै पटक–पटक सरकारको नेतृत्वसमेत गर्यो ।