यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देशैभरी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एस) लगाएतका अन्य दलहरुविच गठवन्धन हुने शिर्स नेताहरुविचको सहमती भएको थियो ।
यस्तै रुपन्देही जिल्लाको चर्चित नगरको रुपमा रहेको सैनामैना नगरपालिकामा एक हप्ता अगाढीबाटनै गठबन्धनको छलफल भएपनि कुरा भने मिलेको थिएन । उम्मेद्वारी दर्ताको अन्तीमचरण आइपुग्दा शनिवार (आज) भने गठवन्धनले सैनामैनाको मेयर तथा उपमेयर सहित सवै वडाको टुङगो लगाएको छ ।
सैनामैना नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसको तर्फवाट फणिन्द्र शर्मा र उप–प्रमुख (उप–मेयर) मा नेकपा (माओवादी केन्द्र) का मान बहादु महत (नारायण) लाई दिने गरी सहमतीमा पुगेको हो । यस्तै नगर प्रमुख सहित नेपाली कांग्रेसले वडा नं.२, ४, ६, ८,१० र ११, नेकपा माओवादी केन्द्रले नगर उप– प्रमुख सहित वडा नं. १, ३, ५,९ लिएको छ । यद्यपी वडा नं. ७ मा भने सहमती हुन सकेन त्यस वडामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आ–आफ्नै उम्मेद्वार उठाउने भएका छन् ।