
वि.सं २०४०–०२–१० गते बुबा कृष्णप्रसाद न्यौपाने र आमा शिवकला न्यौपानेको कोखबाट जन्मिएका रोमनाथ न्यौपाने एक इमान्दार राजनीतिक कर्मी हुन् । उनको जन्म पाणिनी गाउँपालिका, मैदान–५ अमजा, अर्घाखाँचीमा भएको हो ।
उनको शिक्षाको सुरुवात २०४८ सालबाट भएको हो । श्री अमर प्राथमिक विधालयबाट प्राथमिक शिक्षा, श्री कृष्ण माध्यमिक विधालयबाट माध्यमिक तह र हरिहर उच्च माध्यमिक विधालयबाट उच्च मा.वि तह उत्तिर्ण गरेका हुन् । अध्ययनकै सिलसिलामा सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसबाट स्नातक तह २०६५ सालमा र २०६९ सालमा सोही क्याम्पसबाट स्नातोक्तर उत्तिर्ण गरेका हुन् ।
यसरी स्नातोक्तर गरेका रोमनाथले २०६७–०५–०७ देखि २०७८–१२–३० सम्म श्री सरस्वती मा.विमा अध्यापनसमेत गरेका छन् ।
समाजसेवा र राजनीतिमा रुचि राख्ने रोमनाथले २०५६ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरे र २०५८ सालमा जनादेश गा.स.को अखिल(क्रान्तिकारी) सेक्रेटरीको जिम्मेवारी वहन गरेका थिए ।
२०६२–११–१६ गते सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसका भएको स्ववियुको चुनावमा उपसभापतिको रुपमा पदभार ग्रहण गरि जिम्मेवार वहन गरे । उनले २०६२÷६३ सालको जनआन्देलनको विधार्थी मोर्चाको संयोजक भएर काम गरे । अनेरास्ववियुको क्षेत्र नं.५ को इन्र्चाज, जिल्ला सचिवालय सदस्य र महाधिवेशनको प्रतिनिधीसमेत भए ।
राजनीतिमा २०५६ सालदेखि सक्रिय रुपमा रहेका रोमनाथले २०६६ सालमा अखिल(क्रान्तिकारी) को जिल्ला सदस्य, नेकपा(माओवादी केन्द्र)को दुधराक्ष गाउँ कमिटी सह–सचिवको जिम्मेवारीका रहेर काम गरे ।
२०६७ मा शैक्षिक क्षेत्रको अध्ययन संगसगैं अखिल नेपाल शिक्षक संगठनको जिल्ला सचिवालय सदस्य हुदैं पार्टीको जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठनको लुम्बिनी प्रदेश सचिवालय सदस्य, केन्द्रिय परिषद सदस्य, राहत शिक्षक विभागको केन्द्रिय सचिवको जिम्मेवारी पुरा गरे । नेकपा(माओवादी केन्द्र) रुपन्देही क्षेत्र नं. ५ को सचिव छन् । नेपालको विभिन्न आन्दोलनहरु र परिवर्तनहरुमा अग्रपंक्तिमा रहेर सहभागिता जनाउने रोमनाथले आफ्नो व्यक्तिगत जीवन सामाजिक परिवर्तनमा होमेका छन् ।
राजनैतिक पार्टी, संगठनमा मात्रै नभएर सामाजिक सघंसस्थाहरुमा समेत निकै सक्रिय छन् । तिनाउ लुुुम्बिनी सामुदायिक पुस्तकालयको संस्थापक हुँदै सचिव, बासँगढी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको कार्यसमितिमा सदस्यदेखि सह–सचिवसम्म १० वर्षसम्म समितिमा रही काम गरेका छन् ।
जनप्रिय स्पोर्टिङ युवा क्लबको सचिव पदको जिम्मेवारी वहन गर्दै विभिन्न विकास निर्माणका कार्यहरु समितिहरुमा रहेर काम गरेका छन् ।
गरिब, मजदुर, अनाथहरुलाई विशेष सहयोग, कोभिड १९ नियन्त्रणको क्रममा सहिद नारायाण पोख्रेल रामापुर क्याम्पस शिविरमा बसेकाहरुलाई खाजाको व्यवस्थापन तथा प्राथमिक उपचारको लागि आर्थिक सहयोग पनि गरेका छन् ।
कोभिड महामारीमा राहत संकलन तथा वितरण, पिडित परिवार र जोखिममा परेकाहरुलाई विशेष सहयोग गरेका छन् ।
स्वच्छ छवि भएका नेता रोमनाथ न्यौपानेलाई वडा नं.७ बाट बिजयी भइ जनताको सेवा गर्ने छन् भन्ने अपेक्षासहित अग्रिम शुभकामना ।