सैनामैनाको वडा नं.३ मा जित सुनिश्चित गरेका गठबबन्ध दलका दिपक भण्डारी को हुन त ?

२०३८सालमा गुल्मीको धुर्कोटमा बुवा मेघराज भण्डारी र आमा कुमारी भण्डारीको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका दिपक भण्डारीको वाल्यकाल गुल्मीमै वित्यो । गाउकै हिमालय उच्च मा. वि. धुर्कोटवाट slc पास गरेका सानै देखि भद्र स्वभावका उनि पढाइमा प्रविणता प्रमाणपत्र तह भने उनि ललितपुरको पाटन संयूक्त क्याम्पस बाट उतिर्ण गरे ।

 

धुर्कोटकै विध्यालयमा अध्ययन गर्दैगर्दा, उनि बालक्लवको अध्यक्ष समेत बने । ६ कक्षा पढ्दा नै राजनीतिमा चासो राख्ने उनि कक्षा १० पढ्दा पढ्दै धुर्कोट विधार्थीको अध्यक्ष भए । पछि सुदर्शन बराल र जीवलाल पन्थीले उनलाई राजनितिमा जोडे । २०५५, ५६ सालमै पाटन संयुत्त क्याम्पसको इकाई सदस्यमा निर्वाचित भई काम गरे पछि भने २०५७, ५८ मा ललितपुर जील्ला कमिटि सदस्य हुदै, पार्टिको अर्धभुमिगत जिवन विताय । पछि नेपालमा राजतन्त्र विरोधी आन्दोलन र माओवादी जनयुद्ध चर्किदै गयो भने देशमा संकटकाल लागेपछि भुमिगत भई काठमाण्डौ मै राजनीतिलाई अगाडी वढाए ।

२०६० सालमा गुल्मीवाट बसाईसराइ गरी रुपन्देहिको सैनामैनामा झरीसकेपछि भने, रुपन्देहीलाइ नै राजनीतिको थलो बनाई काम गरे । देशमा राजतन्त्र विरोधि जनमत सिर्जना हुदै थियो भने, माओवादीको शसस्त्र युद्ध उत्कर्षमा थियो । ६१–६२ सालमै साम नेपाल नामक संस्थाको संस्थापक सचिव भई काम गरेका उनी, वाड नं. २,३,४ वडाको नवचेतना युवा क्लवको संस्थापक अध्यक्ष भई बाटोका बिजुलीका पोलहरुमा सडक बत्ति राखी जनतामाझ लोकप्रिय भए । क्लबमार्फत विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै जनमुक्ति सेनाको क्याप्टेन (कम्पनी भिसी ) भएपछि स्वेच्छिक अवकाशमा आई पार्टीको अवध राज्य समिति सदस्य, क्षेत्र नं. ५, सचिव सह–इन्र्चाजको समेत जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रको सातौं हेटौंडा महाधिवेशन आयोजक समितिको केन्द्रिय सदस्यसमेत भईसकेका छन् ।

नेकपा(माओवादी) र एमालेबीच भएको एकता जिल्ला कमिटी सदस्यसमेत भईसकेका उनी हाल नेकपा(माओवादी केन्द्र) सैनामैना नगर कमिटी सचिवको जिम्मेवारीमा छन् ।
छोटो समयमा नै सबैसगँ भिज्न सक्ने खुबी भएका उनी वैचारिक अडान भएको नेतामा चिनिन्छन् । पढेलेखेको युवा भएकै कारण पनि उनि अहिले २०७९ वैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा अध्यक्षमा संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा उमेदवार दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation