![](https://ujyaalopost.com/wp-content/uploads/2022/04/RUPANDEHI-scaled.jpg)
रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
रुपन्देहीको मर्चवारी गाउँपालिकाबाहेक १५ पालिकाबाट उम्मेदवारी फिर्ता भएको हो । सबैभन्दा बढी बुटवल उपमहानगरपािलकाबाट ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य गरी २७ जना उम्मेदवारले फिर्ता लिएका छन् ।
सिद्धार्थनगरबाट नगर प्रमुखका एक जना, उपप्रमुखका दुई जना र सदस्यबाट तीन जना गरी ६ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जनाले, सैनामैना नगरपालिकाबाट चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, तिलोत्तमा नगरपालिकाबाट ९ जना र देवदह नगरपालिकाबाट १४ जनाले, मायादेवी र रोहिणी गाउँपालिकाबाट १–१ जनाले, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जनाले उम्मेदावरी फिर्ता लिएका छन् ।
त्यसैगरी, ओमसतिया गाउँपालिकाबाट तीन जना अध्यक्षसहित २३ जनाले, कंचन गाउँपालिकाबाट तीन जना, कोटहीमाई गाउँपालिकाबाट पाँच जनाले, गैडहवा गाउँपालिकाबाट दुई जना,सम्मरीमाई गाउपालिकाबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट तीन जनासहित चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै १२४ जनाले पालिका अध्यक्षमा, ७० जनाले उपप्रमुख, ९५ जनाले उपाध्यक्ष, १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडा सदस्य गरी जम्मा पाँच हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा पाँच लाख ३६ हजार ८०५ जना कुल मतदाता रहेका छन् । चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि उल्लेख्य छ।