सैनामैनामा गठबन्धन दलको चुनावी सभालाइ बिथोल्ने प्रयास

रुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन दलका कार्यकर्ताले नबजाउन आग्रह गर्दा अटेर गरेपछि भनाभन भएको हो ।

सुरक्षा ब्यबस्था कसिलो बन्न नसक्दा सैनामैना गठबन्धन र नेकपा एमाले निकट युवा बिच लफडा सुरु भएको छ । आज सैनामैना वडा न  १० मा चुनावी प्रचारमा दुबै समूह बिच बिबाद भएको हो ।
एक समुहले अर्को समुहको चुनाबी अभियानलाई बिथोल्न चर्को साउण्ड सोही ठाउँमा बजाएको भन्दै सोही विषयलाई लिएर झगडा उत्पन्न भएको हो ।अर्को समुहका चालकलाई हातपात र चुनावको लागि प्रयोग भएको गाडीको एेना समेत फुटाईएको आरोप छ । अहिले दुबै समुह बिच विवाद समाधान गर्न छलफल भैइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation