![](https://ujyaalopost.com/wp-content/uploads/2022/04/IMG_1817-scaled.jpg)
रमेश गैरे
देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् । र, चुनावछेका दिएका प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
तर सैनामैनामा एउटा यस्तो जमात पनि छ, जुन चुनावी घोषणापत्र र भाषणमा मात्र विश्वास गर्दैन । परिवर्तनभोगी उक्त जमात विश्वका आधुनिक प्रविधिको प्रयोग गर्न रुचाउँछ । सामाजिक सञ्जाललाई वाक स्वतन्त्रताको अभ्यास गर्ने माध्यम बनाउँछ । विश्वका सफल नेताको कार्यशैलीलाई नेपालका नेताहरुसँग तुलना गर्छ । गलतलाई गलत भन्न डराउँदैन । त्यहीं जमातलाई भन्ने गरिन्छ ‘आधुनिक पुस्ता’ ।
योबेला आधुनिक पुस्ताका युवाहरुले के आधारमा भोट दिँदै छन् त ?
बिमल सारु
म हरेक क्षेत्रमा युवाको नेतृत्व हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छु । हुन त म देशको राजनैतिक अवस्थामा त्यति धेरै ज्ञान भएको व्यक्ति होइन तर मैले पूर्वदेखि पश्चिमसम्म जति पनि नेपाल आफ्नो आँखाले देखेको छु, त्यो अनुभवबाट भन्न सक्छु कि देशको भौतिक पूर्वाधार विकासमा स्थानीय सरकारको सबैभन्दा ठूलो भूमिका हुन्छ ।
तसर्थ स्थानीय सरकारको नेतृत्व जोश, जाँगर, ज्ञान र भिजनले भरिपूर्ण युवाले नै गर्नुपर्छ । हामीले संसारमै सबैभन्दा राम्रो शासन व्यवस्था ल्याइसक्यौँ । अब विकास, रोजगारी, स्वास्थ्य, शिक्षालाई मुख्य एजेण्डा बनाउँ र त्यसका लागि युवालाई पालो दिउँ जस्तो लाग्छ । म यहीं कुरालाई ध्यानमा राख्दै फडेद्र शर्मा मेयर र नारायण महत उपमेयरको टिमलाई भोट हाल्छु ।
सुबोध चौधरी
कसलाई भोट दिनेभन्दा पनि कस्तालाई भोट नदिने भन्ने कुरामा म स्पष्ट छु । विकासको एजेण्डाको नाममा मिथ्या सपना बाढ्ने उमेदवारलाई भोट दिन हुँदैन । सैनामैनामा चुनावी घोषणापत्रको नाममा मिथ्या सपना बेचिन्छन्, म त्यस्ता उमेदवारलाई भोट दिन्नँ । सैनामैनाको बासिन्दा हुँ । म मेरो टोलबाट निर्वाचित जनप्रतिनिधिले पाच बर्षमा निकै ढाटे । ५ वर्षमा त्यस्तै किसिमका जनप्रतिनिधिलाई समर्थन कुनै पनि हालतमा गर्न सकिन्नँ । तर म लोकतन्त्रमा विश्वास गर्छु । मतदान भनेको लोकतन्त्रले दिएको सबैभन्दा महत्वपूर्ण उपहार हो । म यसको सदुपयोग गर्छु । फडेद्र शर्मा मेयर र नारायण महत उपमेयरको टिमलाई नै मतदान गर्छु ।
सपना बिक
उम्मेदवारको ब्याकग्राउन्ड र उसको प्रतिवद्धतालाई मध्यनजर गरेर मात्र म कसलाई भोट हाल्छु भन्ने निर्णय गर्छु । उम्मेदवारको बारेमा थाहा पाउनका निमित्त घोषणापत्र नभइ बिगतका व्यबाहार पनि नियाल्नु पर्दछ ।
उम्मेदवारले बिगतमा के कस्ता विषय वस्तुलाई उठान गर्दै आएका छन् भन्ने कुराले पनि मेरो निर्णयलाई असर पार्छ । यस सँगसँगै नयाँ प्रविधिमा ती उम्मेदवारले कतिको पकड राख्छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
गोबिन्द खरेल
आसन्न स्थानीय चुनावमा भोट हाल्दा दोहोरिएका भन्दा पनि नयाँ अनुहारलाई बढी प्राथमिकता दिनुपर्छ । पहिलाकै जनप्रतिनिधि फेरि दोहोरिँदै हुन्हुन्छ भने उहाँहरु अयोग्य हुन्हुन्छ भन्न खोजेको होइन तर नयाँ व्यक्तिलाई पनि अवसर दिन सकियो भने कार्यशैली र कार्य क्षमतालाई तुलना र मुल्यानकंन गर्न सकिन्छ जस्तो लाग्छ त्यसैले फडेद्र शर्मा मेयर र नारायण महत उपमेयर भयको टिमलाई भोट हाल्छु ।