![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/IMG_1967-scaled.jpg)
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको भनि एमालेले झुटको खेति गरिरहेको काङग्रेस गठबन्धन दलका मेयर पदका उम्मेदवार फडिन्द्र शर्माले बताएका छन् । आज चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले जनताको आँखामा छारो हालेको बताएका छन् ।
सैनामैना नगरपालिकाको वडा नंं ११ पीपलडाँडास्थित करिब १४ कट्ठा जग्गामा १ करोड ११ लाख रुपैयाँ लागतमा उपचार केन्द्र सञ्चालनमा ल्याउने,
नगरपालिका मातहतमा सञ्चालन हुने केन्द्रमा सर्पदंशका बिरामीहरुको उपचार गर्न नेपाली सेनाको सहकार्यमा एक जना र संघीय स्वास्थ्य मन्त्रालयबाट एकजना गरी दुईजना विशेषज्ञ चिकित्सक रहने भनिएतापनि अहिलेसम्म आउँदा उपचार केन्द्रमा न त औषधी छन् न त चिकित्समहरु नै ।
केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लो तलामा स्वास्थ्य चौकी रहने भनियपनि हाल सम्म सञ्चालनमा आउन सकेको छैन ।
उपचार केन्द्रबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पासम्मका जनता लाभान्वित हुने बताएका थिए । सर्पदंश उपचार केन्द्र निर्माणका लागि २०७२ सालमा श्रीमद् भागवत महायज्ञ आयोजना गरी ६९ लाख रुपैयाँ बचत भएको थियो ।
केन्द्रको भवन बनाउन सैनामैना नगरपालिकाले २९ लाख ५५ हजार रुपैयाँ, स्थानीय नरिश्वर पाण्डेले तीन लाख रुपैयाँ, कञ्चन गाउँपालिकाले ९८ हजार, गैडहवा गाउँपालिकाले १ लाख र भूपु सैनिक सालझण्डीले ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
केन्द्रको भवन निर्माणमा नेपाली सेनाको कालिदत्त गुल्मीका सैनिकले श्रमदान गरेका थिए । उपचार केन्द्रमा दक्ष जनशक्ति व्यवस्थाका लागि संघीय मन्त्रालयबाट दरबन्दी स्वीकृत गराइसकिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताएका थिए ।
२०७५ फागुनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सर्पदशं केन्द्र अहिलेसम्म संचालनमा समेत आएको छैन ।