समाजवादको आधार तयार पर्नु मजदुर एवम् श्रमजीवि, उत्पीडित समुदायको मुख्य कार्यभार – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरेका गर्नु भएको छ ।

 

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई विशेष आग्रह गर्नु भयो ।

 

संविधानको पूर्ण कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तह निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर शुभकामना दिनु भएको छ ।

 

उहाँले संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पर्नु मजदुर एवम् श्रमजीवि, उत्पीडित समुदायको मुख्य कार्यभार भएको उल्लेख गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation