![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/279574967_1403603586823391_4852427925832658989_n.jpg)
२०७९ बैशाख १९
राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिले संयुक्त गठबन्धनलाई समर्थन गर्ने जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरि विजयी गराउने केन्द्रको निर्देशन अनुसार सो पार्टीले समर्थन गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।
राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिका अध्यक्ष गणेश प्रसाद गौतम र जिल्ला सदस्य तथा नगर इन्चार्ज टन बहादुर के।सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय जनमोर्चातर्फबाट सैनामैना नगर प्रमुख उम्मेदवार जयाश्वेर रेग्मी, वडा नम्बर (१ वडा अध्यक्ष उम्मेदवार हरि बहादुर राहडी र वडा नम्बर (४ वडा अध्यक्ष उम्मेदवार जिवलाल भट्टराईले आफ्नो उम्मेदवारी यसै प्रेस विज्ञप्तिमार्फत फिर्ता लिएको जनाकरी गराएको पत्रमा लेखिएको छ ।
सैनामैनामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनबाट मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्मा र उपमेयर पदका उम्मेदवार मान बहादुर महत ९नारायण० सहित गठबन्धनका उम्मेदवारलाई मतदान गरि सहयोग गर्ने प्रतिबद्धता गर्दै प्रेस)विज्ञप्ति मार्फत अपिल समेत गरेका छन् ।