चुनावकै दिन कसले गर्यो नेपाल बन्दको घोषणा ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ ।

पार्टी महासचिवद्वारा जारी विज्ञप्ति र पर्चामा स्थानीय तहको निर्वाचन बहिष्कारको विषय उल्लेख गरिएको छ । तत्कालीन नेकपा (माओवादी)बाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको कार्यक्रम राखेको हो ।

दलाल संसदीय व्यवस्थाको वैशाख ३० गतेको कथित स्थानीय तहको निर्वाचन सशक्त रुपमा बहिष्कारको घोषणा गरेको हो । जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पार्न आग्रह गरिएको छ ।

निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ । सर्वसाधारण पनि निर्वाचनमा सहभागी हुने भएकाले उद्योग, कलकारखाना, व्यवसाय सबै बन्द हुने निश्चित छ । सवारी साधन नचलेपछि सर्वसाधारणको आवतजावत ठप्प हुने निश्चित छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation