सत्ता गठबन्धनको संयुक्त सभामा क–कसले सम्बोधन गर्ने

वैशाख २२ गते पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई गठबन्धनमा रहेका दलका शीर्षनेताले सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

 

भरतपुरमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् ।

 

तीन पूर्व प्रधानमन्त्रीसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले समेत सम्बोधन गर्ने छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation