सैनामैना वडा नं. ३ का अध्यक्ष दिपकले गरे यस्तो घोषणा– कृषकहरु खुसिले गदगद्

सैनामैना वडा नं. ३ मा उत्पादन हुने कुनै पनि कृषिजन्य उत्पादन अब खेर नजाने भएको छ । संयुक्त गठबन्धनका उम्मेदवार दिपक भण्डारीले आज घरदैलो कार्यक्रमको अवसरमा बोल्दै आफूले वडाध्यक्ष जितेपछि कृषि उत्पादन संचय केन्द्र संचालनमा ल्याउने बताएका छन् । जनताले उपभोग गरेर बचेका खाद्य वस्तु उपयुक्त मुल्यमा खरिद गर्ने भनेपछि जनतामा खुसी छाएको हो ।

लगानी गरेर उत्पादन गरेको वस्तु न्यूनतम मुल्यमा मात्रै बिक्री हुने वा बिक्री नै नहुँदा कृषक मारमा परेका छन् । दिपक भण्डारी भने आफु वडाध्यक्ष भएपछि उत्पादित वस्तु उपयुक्त मुल्यमा वडामा नै बिक्री हुने व्यबस्था मिलाउने बताए । उनले भने यस्तो ब्यवस्था मिलाए जनतामा कृषि उत्पादनमा अझै उल्लेख्य प्रगति हुनेछ ।

जनतामाझ लोकप्रिय दिपक भण्डारीले आफ्नै वडामा कृषि उत्पादन संचय केन्द्र निर्माण गर्ने भनेपछि कृषक उत्साहित भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation