सैनामैना ७ मा नेपाली कांग्रेसप्रति जनलहर, चुनाव जित्नेमा ढुक्क छु –अध्यक्ष उम्मेदवार चौधरी

२०७९ बैशाख २१
स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेपाल कांग्रेस वडा नं ७ ले आफ्नो घरदैलो अभियानलाई तीव्र रूपमा सन्चालन गरिरहेको छ ।

बैशाख ३० गते हुने निर्वाचनमा मत आफ्नो पक्षमा पार्न वडाका प्रत्येक घरघरमा पुग्ने उद्देश्यले दैनिक टोल, बस्तीमा घरदैलो अभियानलाई तीव्र पारिएको छ ।
सैनामैना नगरपालिकामै वडा नम्बर ७ मा नेपाली कांग्रेसको तर्फबाट थारु समुदायको एकल प्रतिनिधित्व गर्दै वडा अध्यक्ष उम्मेदवार राजकुमार चौधरी चुनावी मैदानमा होमिएका छन् ।
घरदैलो अभियान मार्फत प्रत्येक वडा बासिको घरदैलोमै पुगेर मत माग्दा वडामा रहेका समस्या र मतदाताको आवश्यकता बुझ्न अझ सजिलो भएको वडा अध्यक्षका उमेदवार चौधरीले बताए । मतदाताका बिचमा आफुले बिकास निर्माण र समृद्धिका प्रतिबद्धता जाहेर गर्दै आफु निर्वाचित भएपछि पूरा गर्नेमा मतदातादाई बिश्वास दिलाए ।

आदिवासी थारु समुदायका सुपुत्र वडा अध्यक्ष उम्मेदवार चौधरी शिक्षीत, निडर, अनुभवी, इमान्दार र समाजसेवी रहेकोले अध्यक्ष पदमा विजय गराउन थारु समुदायले राजनीति आग्रह पुर्वाग्रह भन्दा माथी उठेर सोच्ने यो सबैभन्दा ठूलो अवसर रहेको स्थानीय थारुहरु बताउछन् ।
२०७४ मा निर्वाचित एमाले जनप्रतिनिधिहरुले वास्तविक विपन्न, दलित र थारु जातिको उत्थानका विषयमा काम गर्न नसकेर आफ्ना कार्यकर्ताको पालनपोषण मात्र गरेको जनताका गुनासा र समस्याहरु आफू उम्मेदवारको रुपमा घरदैलो कार्यक्रममा जाँदा अझ नजिकबाट बुझ्न पाएको बताउदै विकासका लागि विकासप्रेमी युवा उम्मेदवार आउनुपर्ने मतदाताको सकारात्मक प्रतिक्रिया पाएको र यसबाट आफू जित्नेमा ढुक्क रहेको समेत चौधरीले बताए ।
घरदैलो अभियानमा वडा अध्यक्ष उमेदवार राजकुमार चौधरी, सहित, वडा सदस्यहरू झुमा काउछ दर्लामी , शर्मिला सुनार, , बाल कृष्ण पौडेल, फत्त बहादुर पुन लगायत नेता, कार्यकर्ता, शुभचिन्तक, स्थानीयको सहभागीता रहेको छ ।

केन्द्रको निर्देशन अनुसार स्थानीय तह निर्वाचनका लागि सैनामैना नगरपालिकामा नेपाली कांग्रेस र नेकपा मावोवादी केन्द्र बीच संयुक्त गठबन्धन भएको छ भने वडा नं।७ मा मात्र नेपाल कांग्रेसबाट एक्लै वडा अध्यक्ष उम्मेदवार राजकुमार चौधरी एक्लै चुनाव लड्दै छन् ।
वडामा नेपाली कांग्रेसका राजकुमार चौधरी, नेकपा ऐमालेबाट भिमकन्त न्यौपाने र नेकपा माओवादीबाट रोमनाथ न्यौपाने एकलाएक्लै त्रिपक्षीय रुपमा चुनावमा उत्रिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation