सैनामैना बठबन्धन दलको प्रतिबद्धता पत्र सार्वजनिक

English English Nepali Nepali

रुपन्देहिको सैनामैनामा आज गठबन्धन दलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडा नं. २ मा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपालि काङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताउनु भएको छ ।

उहाँले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताउँदै उसका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गर्नुभयो ।नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाउँदै जनतालाई देखाएका सपना सपनामै सिमित भएको बताउनु भएको हो ।

 

उहाँले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको बताउँदै हुनै नसक्ने सपना बाडेर जनता झुक्याउने काम काँग्रेसले नगर्ने पनि बताउनु भयो ।सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहिबार सैनामैनामा आयोजना गरिएको प्रतिबद्धता पत्र घोषणा कार्यक्रममा बोल्दै नेता भण्डारीले सैनामैनाको हकमा जनतामा भिजेका र जनताको सेवामा प्रतिवद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

 

त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार फणिद्र शर्माले आफूले जितेमा सैनामैनालाई नमुनाको रुपमा बिकास गर्ने र चुनाव गरेका बाँचा ५ वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले सैनामैनामा लैंगिक विभेद हुन नदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उपमेयरका उम्मेदवार नारायण महत्तले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।उहाँले अघिल्लो स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारले जितेपनि आफूले गरेका बाँचा एउटा पनि पुरा नगरेको बताउँदै आफूहरुले जितेमा त्यस्तो नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

सत्ता गठबन्धनको तर्फबाट बिमल को अध्यक्षतामा भएको कार्यक्रममा बिष्णु गौतमको संञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation