गठबन्धनका दिपक भण्डारीलाई किन भोट दिने ?

सैनामैना, रुपन्देही ।
चुनाव आउन मात्र अव एक हप्ता बाकी छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई जनताको घर दैलोमा पुग्न भ्याइ नभ्याइ छ । यसै क्रममा आज हामी उज्यालो पोष्टको टिम सैनामैना वडा नं. ३ को घर दैलो कार्यक्रममा रिर्पाेटिङको क्रममा पुगेका थियौं ।

वडा अध्यक्षका उम्मेदवार दिपक भण्डारी जनताको घर दैलोमै व्यस्त हुनुहुन्थ्यो । भण्डारीको पछि अरु वडा सदस्य र सयौं जनता उहाहरुकै पछि पछि नाच्दै रमाएदै हिनीरहेका थिए । हामीले उहाहरुको सानो भिडियो क्लिप लियौ त्यस भिडियोमा गठवन्धनलाई भोट किन दिने मात्र नभएर उम्मेदवारहरुले नगर तथा वडा वासी सामु गठवन्धनलाई जिताउन भोटको अपिल समेत गर्नुभएको छ ।

सोहि भिडमा संयुक्त गठबन्धन प्रचार प्रसार समितिका संयोजक मित्रबहादुर ए.सी.ले पनि भोटको अपिल गर्नुभएको छ । उहाले त झनै अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवार धेरै सक्षम रहेको बताउनुभयो । उहाले भन्नुभयो सैनामैना वासीले गठबन्धनलाई भोट यस कारण दिनुहोस् ।

१.शैक्षिक व्यक्ति भएकोले
२.विकास प्रेमी गुण भएकोले
३.सवैलाई हेर्ने दृष्टिकोण एउटै भएकोले
४.साजनैतिक, सास्कृतिक तथा धार्मिक सोच भएकाले
५.युवा उम्मेदवार समाज परिर्वतन गर्ने क्षमता भएकोले
६.रोजकारको व्यवस्था गर्ने क्षमता भएकोले
७.निश्वार्थ भावनाले उम्मेदवार दिनुभएकोले

यस्तै वडा अध्यक्षका उम्मेदवार भण्डारीले यदि आफुले चुनाव जितेको खण्डमा ति सवै बुदाहरुमा टेकेर काम गर्ने र गएको पाच वर्ष सैनामैनामा कुनै प्रशंशा योग्य काम नभएकोले अव गठवन्धलाई जिताएर देशकै नमुना पालिका वनाउन आफुहरु रहेको वताउनुभयो ।

भिडियो हेर्न तलको लिङक खोल्नुहोला

https://www.facebook.com/officialujyaalopost/videos/3322504861317769

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation