![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/abcde.jpg)
नेत्रविक्रम चन्द विप्लव पार्टीबाट फुटेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) पार्टीले विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर निर्णयहरू सार्वजनिक गरेको हो ।
उक्त पार्टीले सरकारसँग तीन बुँदे सहमतिअनुसार वर्षौंदेखि बन्दी जीवन बिताइरहेकाहरूको बिनासर्त रिहाइ गरेर झुटा मुद्धा खारेजीको माग गरेको छ ।
त्यस्तै महंगी, कालोबजारी, भष्ट्राचार र बेरोजगारी नियन्त्रण गर्नलगायत ७ बुँदे माग गरेको छ ।