मौन अवधिमा मत माग्दै एमालेका नेता, भिडियो भयो फेसबुकमा भाइरल

नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले भोट माग्दै गरेको भिडिओ मौन अवधिमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

 

गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गरेका छन्।

उक्त भिडिओमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरेका छन् ।

 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ।मौन अवधिमा कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न पाईँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation