
मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिष्कारको नीति अङ्गाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता–कार्यकर्ता गिरफ्तार परेका छन ।
बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त पार्टीले भित्र भित्रै भने व्यापकरुपमा स्थानिय तहको निर्वाचनमा उम्मेदवार खडा गरेर निर्वाचनमा भाग लिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकामा क्रान्तिकारी माओवादी की पुर्व केन्द्रीय सदस्य अम्बिका रेग्मी मेयर पदमा प्रत्यासी छिन् । उनी सो पार्टीको महिला संगठनको उपाध्यक्ष हुन् । यसैगरी, त्रियुगाको उपमेयरमा नेकपाले रामकृष्ण सदालाई उठाएको छ। उनलाई पार्टीको समर्थन रहेको बताइएको छ ।
यता, गुल्मीको सत्यवती गाँउपालिकामा सत्तारुढ गठबन्धनमा समाबेश भएर उपाध्यक्षमा तेजकुमारी थापालाई उठाएको छ। उनको चुनाब चिन्ह रुख रहेको छ। त्सतै, रुपन्देहीको मायादेबी गाँउपालिकाको अध्यक्षमा ज्ञानबहादुर कुवँरले उम्मेद्वारी दर्ता गरेका छन भने कन्चन गाँउपालिकाको वडा नं. ४ को वडाध्यक्षमा गिरबहादुर थापाले उम्मेद्वारी दिएका छन ।
बाग्लुङ्गको जैमिनी नपा ७ मा सुजन ढुंगाना वडाध्यक्षमा प्रत्यासी रहेका छन। उनको चुनाब चिन्ह कैची रहेको बताइएको छ। त्यसैगरी, पार्टी सल्लाहकार समितिका सभापति डा. ओम गुरुङको गाउँ ताराखोला गाउपालिका १ मा थाम बहादुर गुरुङ अध्यक्ष सहित पुरै प्यानलमा उम्मेद्वारी दिएका छन ।
साथै, मकवानपुरको हेटौडा उपमहानगरपालिकामा मकवानपुर इन्चार्ज सागर उप्रेतीको श्रीमती बबिता आचार्य मेयर पदको प्रत्यासी रहेकी छिन्। उनलाई नेकपाको समर्थन रहेको नेकपाका सेक्रेटरी वाटरले बताए ।
काभ्रेमा बिष्णु गौतमले नेपाली कांग्रेससंग समेत गठबन्धन गरेर वडा सदस्यमा उम्मेद्वारी दिएका छन ।