

भोलि हुने निर्वाचनमा मतदाताले मोबाइल बोकेर मतदानस्थलमा प्रवेश गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदान गर्न जाँदा मोबाइल र क्यामेरा बोक्न रोक लगाएको छ ।
निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका सो सामाग्री भोट हाल्न जादा मतदाताले लिन नमिल्ने व्यवस्था गरिएको हो ।
निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क)बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था छ ।