माओवादी प्रभाव क्षेत्र रोल्पाको लाल किल्लामा एमालेको झण्डा

रोल्पाको थबाङ गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) पराजित भएको छ।

 

जनयुद्धदेखि अहिलेसम्म माओवादी प्रभावक्षेत्र मानिएको थबाङ–४ मा वडाध्यक्ष पद जितेपछि नेकपा (एमाले) रोल्पाले नयाँ इतिहास रचेको हो।

 

थवाङ–४ मा वडाध्यक्ष जितेसँगै एमालेले रोल्पामा जितको खाता खोलेको छ। उवा गाउँमा सूर्य चिन्हबाट चुनावी मैदानमा भिडेका सबै उम्मेदवार विजयी बनेका छन्।

 

एमाले उम्मेदवार हिक्मत घर्तीमगरले माओवादी केन्द्रका पुनबहादुर विश्वकर्मालाई २४ मतले पराजित गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation