सैनामैनामा गठवन्धनले खाता खोल्यो वडा न. १ मा गठवन्धनको प्यानल विजयी

सैनामैना, रुपन्देही ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ को अन्तीम नतिजा सार्वजनिक गरिएको छ ।
जसमा वडा अध्यक्षमा गठवन्धन तर्फबाट माओवादी केन्द्रका भुवन क्षेत्रीको प्यानल विजयी भएको हो ।

गठवन्धनका क्षेत्रीले २ हजार ३ सय ९१ मत ल्याउदा नेकपा एमाले २ हजार १ सय ६९ मत प्राप्त गरे । यस्तै महिला सदस्य धनमन्त्री थारुले २२८४, दलित महिला सदस्य मन्जु परियार (छायाले) २२७४, खूल्ला सदस्य नर बहादुर सुनारले २१६१ र खूल्ला सदस्य रमाकान्त शर्माले २११४ मत लिएर निर्वाचन भए ।

नगर प्रमुख र उप–प्रमुखमा पनि गठवन्धनकै फणिन्द्र शर्मा र नारायण महत अगाडि हुनुहुन्छ ।

यो वडा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation